८ बैशाख २०८१, शनिबार
Follow Us

‘वाइल्डलाइफ फोटोग्राफर अफ द यर २०२०’ को पुरस्कार जित्ने त्यो घिनीले रूखलाई अँगाल्दै गरेको तस्बिर कसरी खिचियो ?

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७७, बिहीबार ०३:०२

बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ।
साइबेरियाको जंगलमा मन्चुरियन फर नामक पुरानो रूखलाई बघिनीले अँगाल्दै गरेको तस्बिर खिच्ने फोटोग्राफरले पुरस्कार पाएका हुन्। यो तस्बिर खिच्ने रूसी फोटोग्राफर सर्जे ग्रोशकोभ हुन्।
उक्त तस्बिरको लागि उनले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द यर २०२०’ पाएका छन्। लन्डनको नेचुरल हिस्ट्री म्युजियममा भएको एक समारोहमा डचेज अफ क्यामब्रिजले उक्त पुरस्कार दिएको हो।
सर्जेले बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिर सजिलै भने लिएका थिएनन्।
उनलाई उक्त तस्बिर कैद गर्न ११ महिना लागेको द गार्जियनले जनाएको छ। यसको मतलब उनी ११ महिनासम्म त्यही ठाउँमा बसिरहेका भने होइनन्। उनले सो ठाउँमा आफ्नो क्यामेरा सेटअप गरी छाडेका थिए।
बाघ तथा अन्य जनावरहरू आएपछि आफैैं खिच्ने गरी सेटिङ मिलाएका थिए। जसबाट उनले एक उत्कृष्ट तस्बिर पाउन सफल भए।
यो तस्बिर ४९ हजार मध्येबाट छानिएको थियो। तस्बिरमा भएको बघिनी पूर्वी रूसको घना जंगलमा बस्ने अमुर जातको हो। यस्ता खालका बाघ केही संख्या चिनियाँ बोर्डर र उत्तर कोरियाली क्षेत्रमा पनि पाइन्छ।