७ बैशाख २०८१, शुक्रबार
Follow Us

लिभरपुल दोस्रो स्थानमा उक्लियो

नेपालब्रिटेन डट कम्
५ पुष २०७३, मंगलवार ०३:१३

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ लिभरपुलले आफ्नै शहरको प्रतिद्वन्द्वी एभर्टनलाई १÷० ले हराएको हो । मर्सीसाईड डर्बी भनिने यो खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले निर्णायक गोल गरे ।
जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३७ अंक भएको छ । समान खेलबाट ४३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा ३६ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झरेको छ ।