काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछाने आफैले फेसबुकमार्फत् उल्लेख गरेका छन् ।
‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं,’ उनले लेखेका छन् ।