१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन लाप्राक नमूना बस्तीमा भुकम्प पिडित बस्न थाले, औपचारिक हस्तान्तर हुन बाँकी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७७, शुक्रबार १४:५८

लाप्राक । गैर आवासीय नेपाली संघले कोरोना महामारीका बीच पनि लाप्राक नमूना बस्तीको निर्माण कार्यलाई तीब्रता दिएको छ । वर्षाको कारण संघले झण्डै साढे तीन महिना बन्द रहेको परियोजनालाई पुनः सूचारु गरेको हो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाका अनुसार सो बस्तीमा भुकम्प पिडितहरु बस्न थालेका छन् । पहिलो चरणमा ३० परिवार आआफ्नो घरमा बस्न थालेका छन् बाँकी भुकम्प पिडित सर्नेक्रम जारी रहेको लामाले नेपालब्रिटेन डट कमलाई जनाए ।

राष्ट्रिय पूनर्निमाण प्राधिकरणले दक्षिण तर्फ बाटोमा रिटेन्सन वाल र नाला समेत निमार्ण गरिसकेको छ । यसरी लाभग्राहीहरु आफ्नो घर निर्माणमा आफैले निर्माण सामग्रीहरुको व्यवस्था गर्दै निर्माण कार्यमा स्वयंम संलग्न भएकाले छिटै घरहरुमा आफै बसोबास गर्ने जानकारी गराए ।

लाप्राक नमूना बस्ती परियोजनाका संयोजक तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष, सोनाम लामाको नेतृत्वको एक प्रतिनिधि मण्डलले परियोजना स्थलको भ्रमण गरि कार्यप्रगतिको समिक्षा गरेको छ ।

झण्डै साढे तीन महिना बर्षाको कारण परियोजना स्थलसम्म पुग्ने बाटो बन्द भएकोमा यही कात्तिक २ देखि बाटो खुला भएको थियो । लामाले आ

उपाध्यक्ष लामाको टोलीले लाभग्राहि र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गसंग बैठक गरी कार्यप्रगतिको समिक्षा गर्दै आगामी दिनमा परियोयोजनाको अन्तिम कामहरु कसरी छिटो भन्दा छिटो सम्पन्न गर्ने बिषयमा छलफल गरेको छ ।


विद्युत प्राविधकारणले ५ सय मिटर निशुल्क जडान गर्ने

लामाकै पहलमा नेपाल विद्युत प्राविधकारणले सो बस्तीमा ५ सय विद्युत मिटर निःशुल्क उपलव्ध गराउने भएको छ ।
लाभग्राहिहरुलाई जग्गा धनि पूर्जा उपलब्ध गराउने कार्य अन्तिम चरणमा पुगेको र त्यसको लागि लाभग्राहिहरु स्वयम अग्रसर हुन पर्ने भएकोले, निशुल्क मिटर र बस्तिमा विद्युतिकरण गर्न गाउँपालिकाले पहल गर्ने सहमति समेत गरिएको छ ।

बैठकमा झण्डै पचास घरधूरीका लाभग्राहिहरु र संघको तर्फबाट परियोजनाका सह–संयोजक श्याम तामाङ्ग, संघका कार्यकारी निर्देशक र परियोजना स्थलमा रहेका परियोजनाका कार्मचारीहरुको सहभागीता रहेको थियो ।