लण्डन । बेलायतमा भएको सर्वेक्षणले घरजग्गाको भाउ बढेको देखाएको छ । पछिल्लो सर्वेक्षण अनुसार बेलायतमा राष्ट्रिय स्तरमै गतवर्षको तुलनामा ५ दशमलव ८ प्रतिशतले बृद्धि भएको हो ।
गतवर्षको अनुपातमा बृद्धि भए पछि बेलायतमा एक घरको मुल्य २ लाख २७ हजार ८ सय २६ पुगेको छ ।
कोरोना कहरका बीच सरकारले गतर्ष घोषणा गरेको घरमा लाग्ने कर छुटका कारण घरजग्गा किन्ने संख्या बढे पछि घरको भाउ बढेको हो ।
सरकारले आगामी मार्च महिना सम्म घरजग्गा खरिद गर्नेहरुको लागि कर छुटदिने घोषणा गरेको थियो ।