१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकी राष्ट्रपति छान्‍न अन्तरिक्षबाटै मतदान

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७७, आईतवार ००:०६

लण्डन । नोभेम्बर ३ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचन हुँदैछ । अमेरिकी नागरिकहरुले विश्वको जुनसुकै ठाउँबाट पनि मत खसाल्न पाउँछन् । यस वर्ष ८ करोडभन्दा बढी अमेरिकी नागरिकहरुले अर्ली भटिङ अन्तर्गत चुनावअघि मत खसालिसकेका छन् । सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा केट रुबिन्सले अन्तरिक्षबाट मत खासालेकी छन् । पृ्थ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० बाट रुबिन्सले अघिल्लो साता मत खसालिन् । उनले पृथ्वीभन्दा २ सय माइलमाथि रहेको अन्तरिक्ष केन्द्रबाट भोट खसालेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।

रुबिन्सले अन्तरिक्षबाट मत खसालेको यो पहिलो पटक भने होइन । सन् २०१६ मा पनि उनले अन्तरिक्षबाटै मत खसालेको सीएनएनले जनाएको छ । त्यसबेला उनी अनुसन्धानको सिलसिलामा अन्तरिक्ष केन्द्रमा थिइन् ।

रुबिन्ससहित अन्य दुई जना रुसी अन्तरिक्षयात्रीहरु ६ महिनाका लागि आईएसएसमा अनुसन्धानका लागि बस्दैछन् । उनीहरु अक्टोबरमा त्यहाँ पुगेका हुन् । उनीहरु एक्सपिडिसन ६३र६४ क्रूका सदस्यहरु पनि हुन् । अन्तरिक्ष केन्द्रमा रुबिन्सले ुभविष्यका क्वान्टम सेन्सरका लागि लेजर कुल्ड एटम्सु र कार्डियो भास्कुलरसम्बन्धी अनुसन्धान गर्ने नासाले जनाएको छ ।

अमेरिकाको टेक्सास राज्यले सन् १९९७ देखि अन्तरिक्षबाट पनि मत खासल्न पाइने सुविधाको व्यवस्था गरेको छ । टेक्सासका सांसदहरुले मतदानका बेला अन्तरिक्षयात्रीहरु अन्तरिक्ष केन्द्र वा कुनै अन्तरिक्ष यानमा भए उनीहरुलाई मत खसाल्न दिने व्यवस्थासम्बन्धी कानुन बनाएको थियो ।

नासाको जोनसन स्पेस सेन्टर हस्टन सहरमा अवस्थित भएकाले अधिकांश अन्तरिक्षयात्रीहरु सोही सहरमा बस्ने गर्छन् । उनीहरुको मतदाता नामावली ह्यारिस काउन्टी जारी गरिएको छ । ह्यारिस काउन्टी हस्टनमा सहरमा अवस्थित छ ।

ह्यारिस काउन्टीले अन्तरिक्ष यात्रीहरुका लागि भोटिङ गर्न लागि नासाको जोनसन स्पेस सेन्टरलाई सुरक्षित इलेक्ट्रोनिक ब्यालेट उपल्बध गराउँछ ।

नासाका अन्तरिक्ष यात्रीहरुले उक्त ब्यालेटमा आफ्नो परिचयअनुसार मत खसाल्छन् र काउन्टीको आधिकारिक इमेलमार्फत पठाउने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।