१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए विधान संशोधनको तयारीमा, समिति गठन

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७७, आईतवार २०:०५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको विधान संशोधनको तयारी गरेको छ । संघको आगामी विषेश महाधिवेशनमा विधान मसयौदा प्रस्तुत हुने अपेक्षा गरिएको छ । यसै बीच संघको विधान समितिका संयोजक भूषण घिमिरेले सो विधान समितिलाई बिस्तार गरेका छन् ।
आइतवार सार्वजनिक गरिएको विधान संशोधन समितिको सहसंयोजककमा गंगाधार गौतम (बेल्जियम), प्रमोद सिटौला (अमेरिका), रामशरण सिमखडा (यूके) रहेका छन् । यस्तै क्षेत्रीय प्रतिनित्व गर्ने सहसंयोजकहरुमा सुनिल कार्की (अफ्रिका), रविन बज्राचार्य (अमेरिका), ओम गुरुङ्ग ( एशिया), पुष्प थापा (युरोप), विनोद भट्टराई (मध्यपूर्व), चेलकान्त भूसाल (ओसियाना) रहेका छन् ।
यस्तै समितिका सदस्यहरुमा कमल गुरागाई (कतार), लाल बहादुर केसी (न्युजिल्याण्ड), लक्ष्मी गिरी (बहराइन), पुनम गुरुङ्ग (यूके), यज्ञ सुवेदी (दक्षिण कोरिया), यास्मिन बेगम (साउदी अरब) रहेका छन् । समितिले संघको विधान संशोधनको मसयौदा तयार गरि संघका महासचिव डा. हेम राज शर्मा मार्फत संघलाई आफ्नो प्रतिवेदन पेश गर्ने छ ।