७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए पूर्व कोषाध्यक्ष हिक्मत थापालाई पितृशोक

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७७, मंगलवार २२:३८

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष तथा साहित्यकार हिक्मत थापालाई पितृशोक परेको छ ।

पारिवारीक स्रोतका अनुसार थापाका बुवा गगनसिहं थापाको ७३ वर्षको उमेरमा बुधवार बिहान काठमाण्डौंमा निधन भएको हो ।

अछामको पाटेखेतमा जन्मनु भएका थापाले १ दर्जन भन्दा बढी कृति प्रकाशन गर्नुभएको थियो ।

सोह् सौगात, कर्णाली छेउछाउ, पुर्खाको चिट्ठी, मेरो मधुशाला, उज्ज्वली, महाप्रलय लगायतका कृति प्रकाशन गर्नुभएको थियो ।

उहाँ मरुभूमिकी महारानी कृति प्रकाशन गर्ने तयारीमा हुनुहुन्थ्यो ।