४ बैशाख २०८१, मंगलवार
Follow Us

सुमन कार्कीको अभिनयमा ‘सागर बिचमा’

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ०६:१७

काठमाडौं । कलाकार सुमन कार्की फिचर्ड ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्। गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्। रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्। नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।