१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अन्तर्राष्ट्रिय बाग्लुङ सेवा समाजको अध्यक्षमा एकराज गिरी सर्वसम्मत

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७७, आईतवार ०१:५१

लण्डन । अन्तर्राष्ट्रिय बाग्लुङ सेवा समाजको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् । समाजको शनिवार सम्पन्न पहिलो भरर्चुअल महाधिवेशनले गिरीलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक होमनाथ शर्माका अनुसार उमेदवारहरु र प्रतिनिधिहरुबीच छलफल पछि सहमतिबाट नयाँ कार्यसमिति गठन गरिएको हो ।
गिरीले यसअघि गैरआवासीय नेपाली संघको युरोप क्षेत्रीय सहसंयोजक र एनआरएनए स्पेनको अध्यक्षको जिम्मेवारी समालेका थिए ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा बेलुकाजी थापा (एसिया), रमेश भट्ट (मध्यपुर्ब), दीपक गौतम (अमेरिकाज), मन बिष्ट (ओसियाना) र कृष्ण प्रसाद शर्मा (युरोप) रहेका छन् ।
यस्तै समाजको महासचिवमा देबु पौडेल (बेल्जियम), सचिवमा, प्रेम सागर पौडेल (कोरिया), अशोक शर्मा (डेन्मार्क), दिपेन्द्र आचार्य (पोर्चुगल) सर्वसम्मत भए । यस्तै अन्य पदाधिकारमा कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान), सहकोषाअध्यक्षमा महेश खाती (डेन्मार्क ) र क्षेत्रीय संयोजकहरुमा
महेन्द्र खड्का (युरोप) र नबराज पन्त (अमेरिका) चयन भए ।

कार्यसमितिको सदस्यहरुमा चन्द्रकान्त शर्मा ((कतार), सन्तोष शर्मा ( आयरल्यान्ड), सज्जन हमाल (पोर्चुगल), बम बहादुर जि सि ( पोर्चुगल), ज्ञानु शर्मा (महिला) (पोर्चुगल), कर्ण बुढाथोकी (मलेसिया ), गम बहादुर बि.क. (युएई), र बिदुर गौतम ( स्पेन ) रहेका छन् ।

कार्यसमितिमा बाग्लुङ्ग समाजका बिभिन्न देशका अध्यक्ष तथा संयोजकहरु पदेन सदस्य रहने छन् ।