७ बैशाख २०८१, शुक्रबार
Follow Us

कुन कुन कलाकार कांग्रेसमा छिरे

नेपालब्रिटेन डट कम्
६ पुष २०७३, बुधबार १२:३९

काठमाडौं । चलचित्र क्षेत्रका कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफनो निवास बूढानीलकण्ठमा आज आयोजित कार्यक्रममा नवप्रवेशी कलाकारलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नुभयो ।
कलाकार रमेश बुढाथोकी, नेपाल कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटी, नेपाल प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, नायिका प्रतीक्षा खड्का, रञ्जु सुनाम, रिस्ता बस्नेत, नम्रता योगी, विपना बस्नेत, गायक युवराज चौलागार्इं र पूर्णम राई काँग्रेसमा प्रवेश गर्नुभएको हो ।