४ बैशाख २०८१, मंगलवार
Follow Us

हास्यकलाकार मनोज गजुरेल कोरोनामुक्त

नेपालब्रिटेन डट कम्
३० कार्तिक २०७७, आईतवार ०४:०३

काठमाडौँ । हास्यकलाकार मनोज गजुरेल कोरोनामुक्त भएका छन् । कोरोनामुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गजुरेलले सामाजिक सञ्‍जालमार्फत आफू ११ दिनको अस्पताल बसाईपछि घर फर्किएर आराम गरेको बताएका छन् । उनले आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै लेखेका छन्, ‘धन्यवाद तथा आभार । ११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कनेछु ।’

कलाकार गजुरेलले बलम्बुस्थित नेपाल एपीएफ अस्पतालले उच्च स्तरको सेवा दिएको भन्दै धन्यवाद व्यक्त गर्दै सबैलाई सकेसम्म कोरोना महामारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।

गजुरेललाई कात्तिक १० गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । सुरुमा होम आइसोलेसनमै बसेका गजुरेलको अक्सिजनको मात्रा घटेपछि र फोक्सोमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि कात्तिक २० गते उनलाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो ।