६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए कतारले अलपत्र परेका नेपालीलाई सहयोग गर्दै

नेपालब्रिटेन डट कम्
६ मंसिर २०७७, शनिबार ११:०१

लण्डन । कोरोना महामारीका कारण कतारमा समस्यामा परेका नेपाली समुदायका परिवारलाई सहयाेग गरिने भएकाे छ । कतार च्यारेटीले खाद्यान्न (फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारलाई सहयोग गर्न लागेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए।

सहयोग प्राप्त गर्न पूरा नाम थर, कतार आईडी नम्बर, परिवारको सदस्या संख्या र कतार आईडिको प्रतिलिपी एनआरएनएको इमेल ([email protected]) मा पठाउन अध्यक्ष मुक्तादाले अनुरोध गरेका छन्।

कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालयले परोपकारी संस्था कतार च्यारिटीमार्फत कोरोना भाइरसको महामारीबाट प्रभावित आप्रवासी श्रमिकहरुलाई यसअघि पनि सहयोग उपलब्ध गराइएकाे थियाे।

——————–

कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू, सम्पूर्ण पंजीकृत सदस्य ज्युहरू तथा दोहामा बस्नु हुने सम्पूर्ण नेपाली दीदी बहिनी तथा दाजुभाई हरू सम्पूर्णमा हार्दिक नमस्कार अस्सलामो अलैकुम!

विषय: आवश्यक सहयोगको लागि अनुरोध सम्बन्धमा।

उपरोक्त सम्बन्धमा कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय द्वारा कतारको परोपकारी संस्था कतार च्यारिटी मार्फत बिगत देखीनै कतारमा रहेका आप्रवासी समुदायको श्रमिकहरुलाई विभिन्न सहयोग गर्दै आईरहेको हामी सबैमा अवगत छ। हाल कतारमा रहेका आप्रवासी समुदायका परिवारहरुलाई कतार चारेटिले खाद्यान्न ( फुड कीट) उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत नेपाली समुदायका परिवारहरुलाई सहयोग गर्नका लागि विवरण माग भए बमोजिम एनसीसी कतार मार्फत नेपाली परिवारहरुको विवरण संकलन गर्न गैईरहेको जानकारी गराउदै यहाँहरुको सम्पर्कमा रहेका त्यस्ता समस्यामा परेका नेपाली परिवारहरुको तल उल्लेखित बमोजिमको विवरण एनसीसी कतारको अफिसियल ईमेल ठेगना [email protected] मा पठाई सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौ।

सहयोग प्राप्तका लागि आवश्यक विवरण :
१. पूरा नाम थर
२. कतार आई डि नम्बर
३. परिवारको सदस्या संख्या
४. कतार आई डि को प्रतिलिपी

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार