१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए कतारद्वारा ४४ जना नेपाली श्रमिकलाई हवाई टिकट सहयोग

नेपालब्रिटेन डट कम्
११ मंसिर २०७७, बिहीबार ०९:५७

लण्डन । गैरआवासीय नेपाली संघ कतारले अहिलेसम्म पीडित तथा आर्थिक अभाव भएका ४४ जना नेपालीलाई हवाई टिकट सहयोग गरेको छ । पछिल्लो समय टिकट खरीद गर्न नसकेर स्वदेश फर्किन नसकी अलपत्र परेका थप १४ जना पीडित नेपाली कामदारलाई हवाई टिकट एनआरएन कतारले सहयोग गरेको छ ।

कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा थप १४ जना नेपाली कामदारलाई हवाई टिकट उपलब्ध गराएको हो ।

पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार पाचौ चरणमा १९ नोभेम्बरका दिन एक महीना भन्दा बढ़ी एनसीसी कतारको खाना÷बस्न ब्यवस्थापनमा बसिरहेका ३ जना महिलाहरू उमा खड़का– महोत्तरी, लक्ष्मी कुनवार– सल्यान र नीरा दरलामी–रौतहट, रहेका छ्न ।

त्येसैगरी ७ सेप्टेम्बर २०२० का दिन लामो समयदेखि हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका लमजुङका नारायण भण्डारीलाई हवाई टिकट सहयोग गरेको छ । एनआरएन कतारले काभ्रेका हरिशरण मिजार, इलामका केशव कुमार कार्की, नुवाकोटका गजेन थापा, सिराहाका पुर्सोत्तम पासवान, इलामका शुस्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिराहका होमबहादुर कार्की, महोत्तरीका राज कुमार कपार, पर्वतका हरिबहादुर विश्वकर्मा र पर्वतकै पूर्णबहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिए ।

एनआरएन कतारले पाँचौ चरणमा १४ जना र चौथो चरण सम्म ३० लाई गरेर अहिले सम्म ४४ जना अलपत्र नेपालीलाई हवाई टिकट सहयोग उपलब्ध गराएको र अन्य आवश्यकता पर्नेहरुलाई छिट्टै सहयोग गर्ने प्रक्रियामा रहेको अध्यक्ष मुसलमानले जनाए ।

उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्ण सदस्यप्रती अध्यक्ष मुसलमानले आभार प्रकट गरेका छन् ।