१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपालाई एकतावद्ध बनाउन तीन दर्जन देशका पार्टी नेताको आग्रह (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१५ मंसिर २०७७, सोमबार १९:०७

लन्डन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समय बढिरहेको आन्तरिक कलहबीच प्रवासबाट चिन्ता व्यक्त भएको छ । विश्वका विभिन्न ३६ देशमा रहेका सत्तारुढ दल नेकपाको भ्रातृ संगठन प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष र सचिव गरि ७१ जनाले १३ मंसीरमा पार्टी अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्वोधन गर्दै सामूहिक रुपमा पठाएको एक ध्यानाकर्षण पत्रमा सो चिन्ता व्यक्त भएको हो ।

उक्त पत्र सचिवालयका सम्पूर्ण सदस्यहरूलाई बोधार्थ दिइएको छ । पत्रमा एकतावद्ध र अनुशासित पार्टी निर्माण गर्न पनि ध्यानाकर्षण गराइएको छ । ‘हजारौंको बलिदानी र कठिन श्रमबाट निर्मित पार्टी विभाजन कुनै पनि हालतमा स्वीकार्य नहुने’ स्पष्ट गर्दै पत्रमा विभाजनको सोच कहीं कतै छ भने त्यसलाई कडा शव्दमा प्रतिवाद गरिने चेतावनी उनीहरुको छ ।

नेकपा प्रवास समन्वय कमिटीले नेतृत्व तहलाई पार्टीभित्र देखा परिरहेका समस्या कमिटीभित्र व्यापक वहस प्रक्रियाबाट समाधान गर्न, सार्वजनिक रुपमा एक अर्का विरुद्ध आरोप प्रत्यारोप नगर्न, पार्टी र सरकारबीच समन्वयात्मक सहयोगको बाटोबाट अगाडि बढ्न तथा देखा परिरहेका कमीकमजोरी सुधारेर अघि बढ्न पनि जोडदार माग गरेको छ ।

‘हामी ध्यानाकर्षण गराउन चाहन्छौं कि हजारौंको बलिदानी र कठिन श्रमबाट निर्मित हाम्रो प्रिय पार्टी विभाजन हामीलाई कुनै हालतमा स्वीकार्य छैन्’, पत्रमा छ, ‘विभाजनको सोच कहिं कतै छ भने हामी त्यसलाई कडा शव्दमा प्रतिवाद गर्न चाहन्छौं । एकतावद्ध र अनुशासित पार्टी निर्माण गर्न नेतृत्व पंक्तिलाई सचेत गराउंदै पार्टीको विधि र कार्यक्रमलाई पालना गर्दै देश रजनताको हितमा निरन्तर लागिरहने सामूहिक प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।’

ध्यानाकर्षण पत्र जस्ताको तस्तैः