१२ बैशाख २०८१, बुधबार
Follow Us

कोरोनाका कारण जर्मनीमा एक नेपालीको निधन

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७७, बुधबार १३:००

लण्डन । कोरोना भाइरस (कोभिड १९) का कारण जर्मनीमा एक नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी स्रोतका अनुसार फ्रयांफर्ड बस्ने सुरज थापाको गत आइवार निधन भएको हो ।

विद्यार्थी भिसामा जर्मनी पुगेका थापाको स्थाई घर बुटवल हो । उनी आफ्नै भाइसँग जर्मनीमा बस्दै आएका थिए ।

थापा स्थानिय उनीकिक्लनी अस्पतालमा कार्यरत थिए । उनी कार्यरत अस्पतालमै अस्वस्थ्य भएर ढलेका थिए ।