१५ बैशाख २०८१, शनिबार
Follow Us

तिब्र रुपमा सुझाव संकलन गर्दै एनआरएनए बिधान समिति

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७७, बुधबार १६:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको विधान संशोधन सुझाव समितिले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएको छ ।

आगामी २३ र २४ तारिख आयोजना हुने भर्चुअल बिशेष साधारण सभा (बिशेष अधिबेशन) मा बिधान संशोधनका लागी प्रस्तुत प्रस्तावको लागि सुझाव संकलन गरिएको समितिका उपसंयोजक गंगाधार गौतमले जानकारी दिए ।

बिधान समितिले एनआरएनए राष्ट्रिय समन्यव परिषद (एनसीसी) लाई सँस्थागत धारणाको लागी पत्राचार गरिसकेको छ । यस्तै समितिले सँस्थाका संरक्षकहरु, सल्लाहाकार र अनरी काउन्सिल सदस्यसंग छुट्टाछुट्टै सुझाब संकलन गरेको थियो ।

एनआरएनएको रूपान्तरण गर्न स्मार्ट एनआरएनए लगायतका महत्वपुर्ण बिषयहरुमा बिधानमा आवस्यक परिबर्तन महसुस गरि संघले विधान संशोधनको प्रकृया अघि बढाएको हो ।

समितिले सदस्यता निशुल्क, महाधिबेसन प्रतिनिधि छनोट बिधि, अनलाइन मतदान, कार्य समितिको कार्यकाल र संस्थागत परिवर्तन लगायतका विषयमा विधान संशोधन गर्न लागेको हो ।

यस्तैबीच आगामी आइतवार नेपाली समय अनुसार साँझ ४ बजे देखी १० बजे। सम्म समितिले खुल्ला रुपमा सुझाव संकलन गर्ने तयारी गरेको गौतमले जानकारी दिए । प्राप्त सुझावका आधारमा समितिले आफ्नो प्रतिवेदन संघलाई बुझाउने तयारी गरेको छ । संघले पूर्व प्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा एक विधान समिति गठन गरेको थियो ।