१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा कोरोनाका कारण निधन हुनेको संख्या ६० हजार नाघ्यो

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७७, बिहीबार १६:५१

लण्डन । कोरोना भाइरस कोभिड १९ का कारण वेलायतमा साठी हजार भन्दा बढीको निधन भएको छ ।

विहीवार सार्वजनिक गरिएको नयाँ तथ्यांक अनुसार हाल सम्म ६० हजार १ सय १३ जनाको निधन भएकोछ । यस्तै १६ लाख भन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ ।
कोरोनाकै हाल सम्म विश्वरभर १४ लाख भन्दा बढीको ज्यान गएको छ । यस्तै बेलायतमा कोरोनाका कारण ७० जना नेपालीले ज्यान गुमाएका छन् ।