४ बैशाख २०८१, मंगलवार
Follow Us

आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७७, शुक्रबार ०७:३०

काठमाडौ । स्वर सम्राट नारायण गोपालको तीस औं स्मृति दिवस आज मनाइँदैछ । यो वर्ष कोरोना भाइरसको महामारीका कारण भिडभाडयुक्त कार्यक्रम आयोजना गरिएको छैन ।नारायणगोपाल संगित कोषले पनि सीमित मानिसको सहभागितामा कार्यक्रम आयोजना गरेको छ ।

१९९६ सालमा असोज १८ गते काठमाण्डौको किलागलमा जन्मेका स्वर सम्राटको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । उनले नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाएका छन । उनले नेपाली चलचित्रका गीतका साथै नेपाल भाषाका गीत समेत गाएका छन । स्वर सम्राटका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले लगायत गीत चर्चित छन ।

त्यस्तै भो भो मलाई नछेक, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो, ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत पनि सर्वाधिक रुचाइएका छन ।