१२ बैशाख २०८१, बुधबार
Follow Us

बीबीसीको एक सय प्रभावशाली महिलामा पर्न सफल सपनालाई सम्मान

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७७, आईतवार १४:३२

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा पहिलो विश्व युवा सम्मेलनमा बीबीसीको एक सय प्रभावशाली महिलामध्ये पर्न सफल सपना रोक्का मगरलाई सम्मान गरिएको छ । मगरलाई रु १ लाख १ हजार नगद र सम्मानपत्र सहित सम्मान गरिएको हो ।

सो अवसरमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष कुमार पन्त, एसिया प्रशान्त क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, पारणमणी पोखरेल, युवा संयोजक दिपक कँडेल, मध्यपूर्व उप क्षेत्रीय संयोजक मनोज गोर्खाली लगायतको उपस्थिति थियो ।

सो क्रममा सपनाले एनआरएनएले गरेको सम्मानप्रति खुसी व्यक्त गर्नुभयो । प्राप्त सो रकम आफूजस्तै बेसहारा वर्गका लागि खर्च गर्ने र सही सदुपयोग गर्ने बताउँदै आयोजकलाई उहाँले धन्यवाद दिनुभयो । भर्चुअल माध्यमबाट सम्पन्न सम्मेलनमा डेढ सय भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको सहजीकरण रविन्द शर्माले गर्नुभएको थियो ।