७ बैशाख २०८१, शुक्रबार
Follow Us

एमालेमुक्त मधेश निर्माण गरिने महतोको चेतावनी

नेपालब्रिटेन डट कम्
१० पुष २०७३, आईतवार ०७:४०

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसलाई एमालेमुक्त घोषणा गर्ने चेतावनी दिएका छन् । आइतबार बिहान एउटा निजी टेलिभिजनसँगको कुराकानीमा अध्यक्ष महतोले एमालेकै कारण मधेसी जनताले अधिकार नपाएको भन्दै एमाले मधेस विरोधी भएको आरोप लगाएका हुन् । बारम्बार मधेसी जनताको भावनामाथि ठेस पु-याएको भन्दै मोर्चाका नेतासमेत रहेका महतोले एमालेकै कार्यकर्ताले एमालेलाई मेधसमा छिर्न नदिने दावी गरे ।
सिमांकनका बिषयमा सरकारले ल्याएको संशोधन प्रस्ताव सकारात्मक रहेपनि अपुरो रहेको महतोको टिप्पणी थियो । उनले झापा, मोरङ, सुनसरी, कैलाली र कन्चनपुरलाई आयोगको जिम्मा दिन नहुने अडान यथावत् रहेको बताए । महतोले पाँच जिल्ला मधेसमा नसमेटिए ‘महाभारत’ मच्चाउने चेतावनी समेत दोहो-याए ।
नागरिकता सम्बन्धमा प्रमुख भनिने दलले नै ‘राष्ट्रघात’ गरेको आरोप लगाएका महतोको आफैले विगतमा लेखेको प्राबधानबाट पछि हटेर तीन दलले ‘बेइमानी’ गरेको टिप्पणी पनि गरे ।