१५ चैत्र २०८०, बिहीबार
Follow Us

मनोज गजुरेलको पूर्वपत्नी बिरुद्ध ५ बुँदे गुनासा

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७७, सोमबार २३:१५

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्‍याएको उनको गुनासो छ ।

फेसबुकमा स्टाटस लेख्दै गजुरेलले ५ वटा बुँदामा आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन् ।

गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु ।’

छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको मनोजको भनाइ छ । डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति थियो । तर डिभोर्सको ८ महिनापछि नै छोरी आमासँग बस्न नरुचाएर घर फर्केको मनोजले उल्लेख गरेका छन् । डिभोर्स गर्दा मनोजले मिनालाई एक करोड ३० लाख रुपैयाँ दिएका थिए, जसमध्ये ६५ लाख छोरीको लागि थियो ।

मनोर गजुरेल र उनकी पत्नी मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको होे । पूर्वपत्नी मिनाले डिभोर्सयता लगातार मनोजमाथि विभिन्न लाञ्छना लगाएर युट्युव च्यानलहरूमा अन्तर्वार्ता दिँदै आएकी छन् । मनोज भने हालसम्म मौन थिए । हालै मनोजले अर्को विवाह गर्न लागेको सार्वजनिक भएपछि मिनाले फेरि उनीमाथि विभिन्न आरोप लगाएकी छन् ।