१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सात दलको बैठक निष्कर्षविहिन

नेपालब्रिटेन डट कम्
११ पुष २०७३, सोमबार १३:०१

काठमाडौं । व्यवस्थापिका–संसदको अवरोध हटाउने उपाय खोज्न भन्दै सभामुख ओनसरी घर्तीले डाकेको सात दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा भएको बैठकमा ७ दलका शीर्ष नेताहरु सहभागी भएपनि बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन ।
सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच दुईपक्षीय र बहुपक्षीय वार्ताको माध्यमबाट निकास खोज्ने सहमति भने भएको जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा, नेकपा एमालेबाट सुवास नेम्वाङ र भीम रावल, माओवादी केन्द्रबाट पम्फा भुषाल, राप्रपा अध्यक्ष कमल थापा र तमलोपाका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको थियो ।