६ बैशाख २०८१, बिहीबार
Follow Us

नेफ्टा अवार्ड हुने


१३ पुष २०७७, सोमबार ०४:१०

काठमाडौँ — कोभिड–१९ का कारण स्थगित भएको नेफ्टा(नेपाल फिल्म टेक्निसियन) अवार्डको १० औं संस्करण फागुन अन्तिम सातामा हुने भएको छ । गत वर्षको चैत्र २२ मा टुँडिखेलमा गर्ने भनिएको यो अवार्ड फागुनमा हुनेमा आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले जनाएको हो ।

‘भौतिक रुपमै हामी अवार्ड कार्यक्रम आयोजना गर्छौं । हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै फिल्म हल खुले । त्यसैले यो क्षेत्रलाई थप चलायमान बनाउन यहि वर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको हो,’ आयोजक संस्थाका अध्यक्ष पुस्कर लामाले बताए ।

नेफ्टा र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन माघ १० गते गरिने बताइएको छ । अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिने दिन नै कार्यक्रम हुने स्थान र मिति सार्वजनिक गरिने अध्यक्ष लामा बताउँछन् ।