८ बैशाख २०८१, शनिबार
Follow Us

आयो तिमीलाई देखेपछि

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७७, बिहीबार ०६:४२

काठमाडौं । गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन् । गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ ।

‘तिमीलाई देखेपछि’ गीतको भिडियोमा अभिनेता गणेश गिरी, निरायु गौतम र जाबे रिया केसीको अभिनय रहेको छ । त्यस्तै, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे र निसु आइडुको पनि भिडियोमा अभिनय रहेको छ ।

गणेश गिरिको निर्देशक रहेको गीतको भिडियोलाई चितवनको सौराहा, नारायणघाटलगायतको ठाउमा छायांकन गरिएको हो । निर्देशक गिरीले यसअघि पञ्चायत, कोपिलालगायतको चलचित्र निर्माण गरिसकेका छन् । यस्तै, उनले बर्बाद, आगो–२, पञ्चायत, कोपिलालगायतको चलचित्रमा अभिनय गरिसकेका छन् ।

सौरभ लामाको छायांकन रहेको सार्वजनिक भिडियोलाई गौतमराज खड्काले सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन मोसन पोस्ट स्टुडियोमा गरिएको हो ।