४ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा विभाजनको मुख्य स्रोत प्रचण्डको आरोपपत्र: नेकपा नेता, डा. सूर्य पाठक (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ पुष २०७७, बिहीबार २२:०३

काठमाडौं । अबको चुनावमा नेकपाका उम्मेदवारलाई जनतासमक्ष जान गाह्रो हुने नेकपा ओली पक्षका नेता तथा सांसद सूर्य पाठकले बताएका छन् ।

संसद विघटनको मुख्य कारण सत्ताको मोह भएको उनले प्रष्ट पारेका छन् छन् । उनी भन्छन् ‘यो विशुद्ध नेपाल कम्युनिष्ट पार्टी भित्रको चरम स्वार्थकेन्द्रित सत्ताको प्रेरणा हो ।’

उनले अहिलेको अवस्था र नेकपा विभाजनको दोष प्रधानमन्त्री केपी शर्मा ओली नभएको पनि जिकिर गरेका छन् । ‘पार्टीभित्र आन्तरिक विवाद सिर्जना हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली दोषी हुनुहुन्न ।’ उनले भने ‘गएको कार्तिक २८ गते पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले बर्तमान प्रधानमन्त्री ओलीलाई अप्रमाणित तथ्यहीन आरोप लगाउनुभयो त्यहीँबाट उहाँहरुले पार्टी विभाजनको तयार गर्नुभएको हो ।’

उनले नेपाली नेताहरुको बोल्ने एउटा र गर्ने अर्को शैलीका कारण नै देश यो अवस्थामा पुगेको पनि बताए । यही कारण अझ बढी समस्या नेपालले भोग्नुपर्ने पनि उनले दाबी गरे ।