१६ चैत्र २०८०, शुक्रबार
Follow Us

भिडियोमा हेर्नुहोस् क्यानडामा सार्वजनिक नेपाली युवाको र्‍याप गीत

नेपालब्रिटेन डट कम्
१८ माघ २०७७, आईतवार ०४:४४

काठमाडौं । क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्भन श्रेष्ठको संयुक्त प्रयासमा ‘कोक एण्ड जेडी’ गीत तयार गरिएको हो ।

सुघब बन्जाराको शब्द तथा ‘लेजी ब्वाई’को संगीत रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको यो गीतमा विदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् ।
पछिल्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।