८ बैशाख २०८१, शनिबार
Follow Us

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिने

नेपालब्रिटेन डट कम्
१५ पुष २०७३, शुक्रबार ०५:०३

काठमाडौं । पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज(शुक्रबार) सकिँदैछ । सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ ।
प्रतियोगिताको समापन अघि आज विभिन्न टिम गेम्सका फाइनल खेल हुनेछन् । राष्ट्रिय खेलकुद सकिन १ दिन बाँकी रहँदा २ सय ५० स्वर्णसमेत कुल ८ सय ८० पदकको टुंगो लागिसकेको छ ।
पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले १ सय ८ स्वर्णसहित आफ्नो अग्रता जारी राखेको छ । आर्मीलाई अन्य दुई विभागीय टोली एपीएफले ४६ स्वर्ण र नेपाल पुलिसले ४० स्वर्ण जितेर पछ्याइरहेको छ । गैरविभागिय टोलीतर्फ सर्वाधिक ३१ स्वर्ण जितेको मध्यमाञ्चल समग्र पदक तालिकामा चौथो स्थानमा रहेको छ ।