१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘तँ त कस्तो भाग्यमानी’ गिति एल्वम सार्वजनिक

नेपालब्रिटेन डट कम्
२४ माघ २०७७, शनिबार १८:१७

नेपाली सांगितिक क्षेत्रमा फरक शैलीको ‘तँ त कस्तो भाग्यमानी’ नामक आधुनिक गीत सार्वजनिक भएको छ । क्यानाडामा बसोबास गर्दै आएका महेश भट्टराईको प्रेम र संवेदना मिश्रित यस गीतमा गायक प्रवीण बेडवालले आवाज दिएका छन् । विदेशमा रहेर पनि नेपाली गित संगीतलाई माया गर्ने भट्टराईले गीत सफल हुनेमा आफू आशावादी रहेको बताउँछन् । गीतमा सुवास चन्द्र ढुंगेलको शब्द रचना र हरि लम्सालले संगीत संयोजन गरेका छन् । सेन्टिमेन्टल उक्त गितको भिडियोमा अप्सरा तिमल्सिना र विकास लामिछानेको अभिनय रहेको छ ।

अप्सराले यसै गितबाट म्युजिक भिडियोमा डेब्यु गरेको निर्माण पक्षले जनाएको छ । काठमाडौंको एक होटलमा असिस्टेन्ट म्यानेजरका रुपमा कार्यररत अप्सरा टिकटकमा उत्कृष्ठ भिडियो निर्माण गर्न पोख्त छिन् ।

अप्सराको सोही कला र अभिनयबाट प्रभावित भएर म्युजिक भिडियोमा डेब्यू गर्र्ने अवसर दिइएको निर्माण पक्षको भनाई छ । ‘गितको म्युजिक भिडियो उत्कृष्ठ बनेको र आफ्नो अभिनय दर्शकले रुचाइदिनेमा विश्वस्त रहेको अप्सरा बताउँछिन्’ । बुद्ध थापाको छाँयाङ्कन र निकेश खड्काको निर्देशन रहेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका हुन् ।