१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यान्चेस्टर सिटीद्वारा आर्सनल पराजित

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७७, सोमबार ०४:१७

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगका २५ खेलबाट ५९ अंक जोड्दा समान खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ । म्यान्चेस्टर युनाईटेडले गएराति न्युकासल युनाईटेडमाथि ३–१ को जित निकाल्यो ।

खेलमा म्यानयूलाई विजयी गराउन मार्कस रास्फोर्ड, ड्यानिएल जेम्स र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई २–१ ले हराउँदै वेष्ट ह्याम युनाईटेड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यसैगरी एस्टन भिल्लालाई २–१ ले हराएको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।