१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यानचेस्टर सिटी र लिभरपुल पराजित

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७७, सोमबार ०६:०८

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको छ । गएराति म्यान सिटीलाई उसैको मैदानमा हराउन म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज र लुक शअले एक एक गोल गरे ।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले शिर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको दुरी ११ अंकमा सिमित गरेको छ । म्यान्चेस्टर सिटीको २८ खेलबाट ६५ अंक छ भने म्यान्चेस्टर युनाईटेडको ५४ अंक छ । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुललाई फुल्हमले १–० ले हराएको छ ।

लिभरपुललाई उसैको मैदानमा पराजित गर्न फुल्हमका मारियो लेमिनाले निर्णायक गोल गरे । पछिल्लो समय निकै खराब लयबाट गुज्रिरहेको लिभरपुलको यो हार आफ्नै मैदान एन्फील्डमा लगातार छैटौं हार हो । प्रिमियर लिगकै अन्य खेलहरुमा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई ४–१ ले हराउँदा वेष्ट ब्रोम र न्युकासल युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी अर्को खेलमा टोटनहमले क्रिस्टल प्यालेसलाई ४१ ले पराजित गर्यो । टोटनहमका लागि ग्रेथ बेल र हेरी क्यानले दुई दुई गोल ठोकेका थिए । प्यालेसका लागि क्रिस्टेन बेनिटेकले पहिलो हाफको अतिरिक्त समयमा गोल गरेका थिए ।