१५ चैत्र २०८०, बिहीबार
Follow Us

एभर्टनको पोस्टमा चेल्सीको २ गोल

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार ०५:०४

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । चेल्सीले एउटा गोल पेनाल्टीमार्फत गरेको हो भने अर्को आत्मघाती उपहार पाएको हो । आफ्नै मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन जर्गीनोले पेनाल्टीमार्फत १ गोल गरे ।

एभर्टनका बेन गडफ्रेले एक आत्माघाती गोल गरेपछि चेल्सीले सहज जित निकालेको हो । जर्मन प्रशिक्षक थोमस टुकेललाई जिम्मेवारी सुम्पिएपछि चेल्सीले एउटा पनि खेल हारेको छैन । टुकेलको नेतृत्वमा चेल्सीले ६ खेल जितेको छ भने तीन खेल बराबरी गरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले लिड्स युनाईटेडलाई २–० ले हराएको छ । खेलमा वेष्ट ह्यामलाई विजयी गराउन जेस्सी लिङ्गार्ड र क्रेग डसनले एक एक गोल गरे ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकामा २८ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ । समान खेलबाट ५४ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५३ अंक छ ।

५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहँदा ४८ अंकका साथ वेष्ट ह्याम युनाईटेड पाँचौ स्थानमा रहेको छ ।