१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७७, शुक्रबार २१:४१

लन्डन । बेलायतमा बस्दै आएका गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक कार्कीलाई गायिका बेनिशा पौडेलले साथ दिएकी छन् । गीतमा शब्द संगीत दिपक शर्माको छ भने नरेन्द्र बियोगीको संगीत संयोजन रहेको छ ।

गीतको म्यूजिक भिडियोमा आकाश श्रेष्ठ र उषा उप्रेतीको अभिनय हेर्न सकिनेछ । म्यूजिक भिडियोलाई गायक कार्कीले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । यसअघि पनि उनले लोकप्रिय संगीतकार, गायिका तथा गीतकारहरुसंग काम गरिसकेका छन् ।

कार्कीले सन् २००६ मा कृष्णहरि बराल तथा नरेन्द्रराज प्रसाईंको रचना र स्व. रत्न बहादुर खड्गीको एकल संगीतमा ‘आविष्कार’ नामक एल्बम निकालिसकेका छन् । सन् २००९ मा न्हूँ बज्राचार्यको रचनामा देशभक्ति गीत ‘मेरो लास जलोस् बागमतिमा’ र रमा सिंहको रचनामा ‘यो जीन्दगी’ पनि कार्कीका लोकप्रिय गीत अन्तर्गत पर्दछन् ।