१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु लिग भिटालिटी टी-२० ब्लास्ट खेल्ने

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७७, बिहीबार ०६:०४

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्डको घरेलु लिगमा सहभागी हुने भएका छन् । उनले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने भिटालिटी टी–ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् ।

सन्दीपलाई वोर्सेस्टरशायर र्‍यापिड्सले २०२१ को सिजनका लागि अनुबन्धित गरेको हो । सन्दीपले पहिलो पटक टी–ट्वान्टी ब्लास्ट खेल्न लागेका हुन् । प्रतियोगिता २०२१ को जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुँदैछ ।

सन्दीपले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा पनि ओभल इन्भीनसिभल्सबाट खेल्दैछन । उनलाई क्लबले १ करोड ५० लाख नेपाली बराबर मूल्यमा आवद्ध गरेको हो । कोरोनाका कारण गत वर्ष हुन नसकेको प्रतियोगिता यो वर्ष हुँदैछ ।

सन्दीपले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्वारेवियन प्रिमियर लिग, टि२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगातका विश्व चर्चित टि ट्वान्टी फ्रेन्चाइज लिग खेलिसकेका छन् ।