काठमाडौं । सरकारले संबिधान संसोधन बिधेयक फिर्ता नलिए या परिमार्जन नगरे २४ गते बस्ने संसद बैठक पनि प्रतिपक्षी दल एमालेले अबरोध गर्ने भएको छ। सर्र्वोच्च अदालतले संबिधान संसोधन गर्ने अधिकार संसदको रहेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपछि अबरुद्ध बैठक सुचारु हुने अपेक्षा गरिएका बेला एमालेले पुरानै अडान दोहो-याएको हो । बिहीबार एउटा टेलिभिजनसँग कुराकानीमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसद बैठक सुचारु गर्ने बिषयमा सरकारको भूमिका निर्णायक हुने बताएका हुन् ।
सरकारले प्रदेशको सिमा परिवर्तन सम्बन्धि धारा संसोधनलाई हटाएर संसोधन प्रस्ताव पेश गरेमा आफूहरु छलफल गर्न तयार रहेको सचिव भट्टराइको भनाइ छ।
संबिधानको धारा २७४ नै संसोधन गरेर भएपनि सिमांकन हेरफेर गर्नुपर्ने मधेसी मोर्चाको मागलाई भने उनले कुको संज्ञा दिएका छन् । सरकारका प्रधानमन्त्री र कानुनमन्त्रीको अडानले भिडन्त निम्त्याउने भन्दै भट्टराईले काँग्रेस सभापति शेरबहादुर देउवालाई संयमित अभिव्यक्ति दिन चेतावनी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेससँग डिभोर्स गरेर आए पुन स्वीकार्ने भन्दै सचिव भट्टराईले दाहालको अस्थीर चरित्रले मुलुक संकटमा फसेको समेत आरोप लगाएका छन् ।