१३ बैशाख २०८१, बिहीबार
Follow Us

रुसमा नेपाली भाषाका प्रचारक कृष्णप्रकाश श्रेष्ठको निधन

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७७, मंगलवार ०५:१३

काठमाडौँ । रुसमा बसेर नेपाली भाषा–साहित्यको संवर्द्धनमा गर्दै आएका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ ।जगदम्बा पुरस्कार विजेता श्रेष्ठको सोमबार रुसको राजधानी मस्कोमा निधन भएको हो ।

८३ वर्षीय श्रेष्ठले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए । उनले केन्द्रमार्फत रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यमा योगदान पुऱ्याएका थिए ।

श्रेष्ठका ‘इ.भा.मिनाएभको नेपाल’, ‘रुसमा नेपालको अध्यन’, ‘रुसी महावीरहरुको कथा’, ‘नेपाली किंवदन्तीमाला’, ‘स्थाननामकोष’, ‘दर्शनशाश्त्रको प्रारम्भिक ज्ञान’, ‘रुसमा नेपालको छवि’ लगायतका एक दर्जनभन्दा बढी रचना–कृति प्रकाशित छन् । नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा संलग्न भएर श्रेष्ठ आधा शताब्दीयता नेपाली वाङ्मयको प्रचार र प्रवद्र्धनमा संलग्न थिए । उनलाई २०५९ सालमा प्रतिष्ठित जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् ।