१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘प्रेमगन्ज’मा सम्पदा बानियाँ

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७७, सोमबार ०५:३७

काठमाडौं । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्यकलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए ।

चलचित्रमा नयाक तेज गिरी र नायिकामा बेनिशा हमालसँगै सम्पदा पनि छनोट भएको बतााइएको छ । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए ।

यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिइसकेका छन् । यस चलचित्रमा अन्य कलाकारहरुमा शिशिर राणा, रश्मी भट्ट, पबन भट्टराई, सन्जोग रसाइली, गिता अधिकारीलगायतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।

बिगत २५ बर्ष देखि नेपाली चलचित्रजगतमा स्पोट ब्वाइँको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेका यो चलचित्रको कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र बैशाख पहिलो साताबाट छायांकनमा जाने वताइएको छ ।