७ बैशाख २०८१, शुक्रबार
Follow Us

विल्सन विक्रम र रजनी अभिनित ‘हेर्देउन मायाले’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
३१ चैत्र २०७७, मंगलवार ०६:०६

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ भने र बादल लिम्बुको संगीत छ । म्युजिक भिडियो विल्सन विक्रम राई ( तक्मे बुडा ), रजनी गुरुङ बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।