१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७८, शनिबार ११:४१

काठमाडौँ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले सानदार जित निकालेको छ । नेपालले नेदरल्यान्ड्सलाई शनिबार ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि डेब्यु गरिरहेका कुशल र आसिफले ११६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पूरा गरेको हो । यो साझेदारी टी–२० मा नेपालको सबैभन्दा ठूलो साझेदारी हो ।

यसअघि नेदरल्यान्ड्सलाई सस्तोमा रोक्न सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए । खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लु आउट गरी उनले विकेट लिन सुरु गरेका थिए । अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शुन्यमा एलबीडब्लु नै आउट गरे ।

नेदरल्यान्ड्सबाट बास डी लिडले सर्वाधिक ४१ रन बनाए । उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए ।