६ बैशाख २०८१, बिहीबार
Follow Us

चेल्सी एफए कपको फाईनलमा

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७८, आईतवार ०३:४१

लन्डन । म्यान्चेस्टर सिटीलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गएराति लण्डनको वेम्बले रंगशालामा भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर सिटीलाई १–० ले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई विजयी गराउन हकिम जियचले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो हारसँगै म्यान्चेस्टर सिटीको सिजनमा सबै चार वटा महत्वपूर्ण उपाधि जित्ने सपना टुटेको छ ।

चेल्सी भने प्रशिक्षक थोमस टुकेलको नेतृत्वमा पहिलो पटक कुनै पनि प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । चेल्सीले अब फाईनलमा लेष्टर सिटी र साउथह्याम्पटनबिच आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।