१४ बैशाख २०८१, शुक्रबार
Follow Us

५२ वर्षपछि लेस्टर सिटी फाइनलमा

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७८, सोमबार ०५:२०

५२ वर्षपछि प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लेस्टरले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गर्दै फानलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन किलेची हेनाकोले निर्णायक गोल गरेका हुन् । खेलको ५५ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई १–० गोलको जित दिलाएका हुन् ।

योसँगै लेस्टरले फाइलनमा चेल्सीसँगको भेटलाई पक्का गरेको छ । चेल्सी सेमिफाइलन खेलमो म्यान्चेस्टर सिटीलाई हराउँदै फाइनल प्रवेश गरेको हो । लेस्टर सन् १९१६ पछि पहिलो पटक एफए कफको फाइलनलमा प्रवेश गरेको हो ।