१५ बैशाख २०८१, शनिबार
Follow Us

आईपीएलमा बैंगलोरको लगातार चौथौ जित

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०७८, शुक्रबार ११:२६

इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वेन्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा राजस्थानलाई १० विकेटले हराउँदै बैंगलोरले चौथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना कुनै विकेटको नोक्सानीमा पूरा गर्‍यो । बैंगलोरको जितमा देवदत्त पडिक्कलले अविजित रहँदै १ सय १ रनको शतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले अविजित ७२ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । उसका लागि शिवम दुबेले सर्वाधिक ४६ रन जोडे । जितसँगै बैंगलोर ४ खेलबाट ८ अंक जोड्दै शीर्षस्थानमा उक्लेको छ । समान खेलबाट २ अंक मात्रै जोडेको राजस्थान अंकतालिकाको पुछारमा छ ।