१५ चैत्र २०८०, बिहीबार
Follow Us

नाराबाजीबीच सदनमा संविधानको दोस्रो संशोधन प्रस्ताव प्रस्तुत

नेपालब्रिटेन डट कम्
२४ पुष २०७३, आईतवार १२:१३

काठमाडौं । सरकारले व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७३’ प्रस्तुत गरेको छ । नेकपा एमालेलगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गर्नुभएको हो ।
त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।
सांसद सुवालले आफूले संविधानको दोस्रो संशोधनका निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदनसमक्ष विरोधको सूचना दिएको स्पष्ट गर्दै त्यसको खारेजीको पक्षमा आफू रहेको बताउनुभयो । यसैगरी सांसद केसीले पनि विरोधको सूचना फिर्ता नमान्नुभएपछि बैठकले उहाँहरुको प्रस्तावलार्य बहुमतले अस्वीकृत गरेको हो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २५ गते सोमबार दिउँसो १३ः०० बजे बस्नेछ ।