१३ बैशाख २०८१, बिहीबार
Follow Us

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७८, आईतवार ०९:४५

काठमाण्डौं । कोरोना संक्रमण भएका कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्।

केही दिनअघि कोरोना संक्रमण भएका श्रेष्ठलाई निकै कमजोर महशुस भएपछि दुई दिनअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

कलाकार हरिवंश आचार्यका अनुसार श्रेष्ठको परिवारका अरूलाई भने अस्पताल भर्ना गर्नु परेको छैन।

मदन दाइलाई निकै कमजोर महशुस भएपछि अस्पताल लगिएको हो। अहिले उहाँलाई ठिक भइसकेको छ,’ आचार्यले भने,‘बिहान फोनमा कुरा गर्दा उहाँको स्वर एकदम फ्रेस सुनिएको थियो।

वैशाख ६ गते श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।