१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काराबाओ कपको उपाधि म्यान्चेस्टर सिटीलाई

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७८, सोमबार ०४:२९

यस वर्षको इंग्लीश लिग कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको फाइनलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो ।

वेम्बले रंगशालामा गएराति भएको खेलमा सिटीलाई विजयी गराउन आयमेरि लापोर्तेले ८२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै सिटीले लगातार चौथो पटक तथा समग्रमा आठौं पटक काराबाओ कपको उपाधि जितेको छ ।

सिटीले सर्वाधिक धेरै काराबाओ कप विजेता लिभरपुलसँग बराबरी समेत गरेको छ । म्यान्चेस्टर सिटी जारी सिजनको इंग्लीश प्रिमियर लिगको पनि शिर्ष स्थानमा रहेको छ । यसैगरी सिटी युरोपियन च्याम्पियन्स लिगको पनि सेमिफाईनलमा पुगेको छ ।