१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०७८, बिहीबार ०५:१२

लन्डन । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ ।

प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले मार्कुन्होसको गोलमा अग्रता लिएको थियो ।

दोस्रो हाफमा डी बु्रईनको गोलबाट सिटी खेलमा फर्कियो । ७४ औं मिनेटमा सिटीका रियाद महरेजले गोल गर्दै टिमको जित सुनिश्चित गरे । खेलको ७७ औं मिनेटमा पीएसजीका गना गयुये रातो कार्ड खादै मैदान बाहिरिए पछि घरेलु टिम दबावमा देखियो ।

पहिलो लेगको जितसँगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । यो जितले सिटीको फाईनल प्रवेशको सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढ्नेछ ।