१४ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यानयू र भियारियाल फाइनलमा

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७८, शुक्रबार ०५:२४

लन्डन । इग्लिस फुटबल क्लब म्यान्चेस्टर युनाईटेड (म्यान यू ) र स्पेनको भियारियाल युरोपा लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा इटालीको ए.एस. रोमासँग ३–२ ले हारेपनि पहिलो लेगमा हात पारेको ६–२ को जितको मद्दतले म्यान्चेस्टर युनाईटेड फाइनलमा पुगेको हो ।

इटालीमा भएको पहिलो लेगको खेलमा म्यान यू ६–२ ले विजयी भएको थियो । गएरातिको खेलसँगै रोमामाथि समग्रमा ८–५ को जित निकाल्दै म्यानयुले स्पेनिस क्लब भियारियाल विरुद्धको फाईनल भिडन्त तय ग-यो ।

प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा इंग्ल्याण्डकै आर्सनललाई स्तब्ध बनाउँदै भियारियाल फाईनलमा पुगेको हो । पहिलो लेगको खेलमा २–१ ले पराजित भएको आर्सनल गएराति भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि भियारियाल फाईनलमा पुगेको हो । म्यान्चेस्टर युनाईटेड र भियारियालबिचको फाईनल खेल यही मे २६ तारिखको दिन पोल्याण्डमा हुनेछ ।