१५ चैत्र २०८०, बिहीबार
Follow Us

आर्सनलद्वारा चेल्सी स्तब्ध

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७८, बिहीबार ०९:४७

लन्डन। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले चेल्सीलाई स्तब्ध पारेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो ।

आर्सनलको जितमा १६ औँ मिनेटमा स्मिथ रोवेले गरेको गोल नै निर्णायक बन्यो । पराजित चेल्सी ३६ खेलबाट ६४ अंकसहित चौथो स्थानमा छ । आर्सनल भने ३६ खेलबाट ५५ अंकसहित आठौँ स्थानमा रहेको छ ।