८ बैशाख २०८१, शनिबार
Follow Us

ब्रसेल्समा कडा सुरक्षा सतर्कता

नेपालब्रिटेन डट कम्
१९ असार २०७३, आईतवार १४:१८

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा पुनः अर्काे आतङ्ककारी हमलाको आशङ्कामा सुरक्षा कडा पारिएको समाचार छ । उक्त सहरमा रहेको एक डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्लाले गतहप्ता मात्रा पनि यहाँ त्रास फैलिएको थियो । सो हल्लापछि निकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।
त्यसयतादेखि ब्रसेल्समा हमलाको त्रासका कारणले सुरक्षा सतर्कता बढाइएको समाचारमा जनाइएको छ । गतहप्ता ब्रसेल्समा हमला गर्ने तयारी गरिहेका भनिएका १२ जनालाई प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको थियो ।

प्रहरीले पनि पछिल्लो समयमा बेल्जियममा आतङ्कवादीहरुलाई खोज्न अभियान नै सञ्चालन गरेको छ । प्रहरीले यहाँका कतिपय स्थानमा यस्ता हमलाको हल्ला एवम् तयारी समेत गरिएको भनी आएको समाचारपछि यस्तो तयारी गर्ने गरेको हो ।

ब्रसेल्स प्रहरीका अनुसार आइतबार राति पनि यस्ता सङ्कास्पद व्यक्ति भेटिएका थिए । ती व्यक्तिले राजधानी ब्रसेल्समा हमला गर्ने योजना बनाएको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा केहीलाई नियन्त्रणमा पनि लिएको जनाइएको छ । गएका केही दिनयता ब्रसेल्समा यस्तो आक्रमणको हल्ला चल्ने गरेको बताइएको छ ।

केही समयअघि फ्रान्सको राजधानी पेरिस र ब्रसेल्समा भएको हमलामा परी दर्जनौँ नागरिकको ज्यान गएको थियो । ती आक्रमणमा सम्लग्न रहेको आरोपमा कैयौँलाई अनुसन्धान गरिएको छ ।

पेरिस र ब्रसेल्समा भएका आतङ्कवादी आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही अघि बढाइएको छ । तर त्यस हमलामा सम्लग्नताको आरोपमा प्रहरीले बिगत लामो समयदेखि नै यहाँ अनुसन्धान जारी राखेको जनाएको छ ।