१५ चैत्र २०८०, बिहीबार
Follow Us

लिभरपुलद्वारा म्यान्चेस्टर युनाईटेड पराजित

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७८, शुक्रबार ०५:५१

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ४–२ ले हराएको छ । गएराति म्यान्चेस्टर युनाईटेडलाई उसैको मैदानमा पराजित गर्न लिभरपुलका रोबर्टो फर्मिनोले दुई गोल गरेभने डिएगो योटा र मोहोमद सालाहले एक एक गोल गरे ।

पराजित टोली म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज र मार्कस रास्फोर्डले एक एक गोल फर्काए । यो जितपछि लिभरपुलले प्रिमियर लिगको शिर्ष चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने संभावना जिवित राखेको छ ।

३५ खेलबाट ६० अंक जोडेको लिभरपुल पाँचौ स्थानमा छ । एक खेल बढी खेलेको चेल्सी ६४ अंकसहित चौथो स्थानमा छ भने तेस्रो स्थानको लेष्टर सिटीको ६६ अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ७० अंक छ भने ३५ खेलबाट ८० अंक जोडेको च्याम्पियन म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्लाले एभर्टनलाई गोलरहित बराबरीमा रोकेको छ ।